राजनीतिक संयन्त्रको बैठक स्थगित

बुधबार छलफल गर्दै ओली दाहाल।

काठमाडौँ – सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ। बिहीबार दिउँसोे बोलाइएको बैठक शुक्रबार बिहान बस्ने गरी स्थगित भएको हो।

संयन्त्रको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओली छन्। बैठक स्थगित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो।

फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयलाई लिएर गठबन्धनका दुई प्रमुख घटक एमाले र माओवादी केन्द्रबीच मतभेद बढ्दै गएको छ।

राष्ट्रपति एमालेलाई दिन माओवादी तयार भए पनि ओलीले एकलौटी रुपमा अघि सारेको उम्मेदवारलाई समर्थन गर्न नसकिने अडान उसले राख्दै आएको छ। यसैका कारण गठबन्धनमा समस्या पैदा भएको एमाले नेताहरु स्वीकार गर्छन्।

बिहीबार सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनमा समस्या देखिए पनि यसलाई जोगाएर लैजाने निर्णय पार्टीले गरेको जानकारी दिए।

माघ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्