एमालेले दुई महिना ‘मिसन ग्रासरुट’ अभियान चलाउने

काठमाडौँ – एमालेले संगठन सुदृढीकरणका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ।
‘मिसन ग्रासरुट’ नाम दिइएको अभियान फागुन ७ गतेदेखि सुरु हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
बिहीबार बसेको सचिवालय बैठकले प्रत्येयक केन्द्रीय सदस्यलाई पालिका तहसम्म घटाउन निर्णय गर्दै पार्टी सुदृढीकरणका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउन लागेका हो।
एक जना केन्द्रीय सदस्यलाई तीन वटा पालिकामा नेतृत्व गर्न दिने दिने निर्णय भएको ज्ञवालीले बताए। खट्ने केन्द्रीय सदस्यलाई ११ वटा कार्यादेश तोकिने छ।
अभियानको सुरुवात केन्द्रीय सदस्यहरुलाई फागुन ७ गते प्रशिक्षित गरेर सुरु गरिने ज्ञवालीले बताए।
अभियानका लागि सातै जना उपाध्यक्षहरुलाई प्रदेशमा जान सचिवालयले निर्देशन दिएको छ। त्यस्तै, बैठकले प्रदेश १ को इन्चार्ज रहेका देवराज घिमिरे सभामुख भएपछि रिक्त रहेको पदमा राजेन्द्र गौतमलाई नियुक्त गरिएको छ।
एमालेले अर्थ योजना विभागमा संयोजकमा विन्दा पाण्डेलाई नियुक्त गरेको छ। घनश्याम भुसालले पार्टी छाडेपछि उक्त पद खाली थियो।