सुदूरपश्चिम प्रदेशमा कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त हुँदै

धनगढी – एमालेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेशमा ठूलो दलको हैसियतमा कांग्रेसको सरकार गठन हुने भएको छ।
धारा १६८ (२) अनुसार नियुक्त भएका मुख्यमन्त्री रावलले विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतमा कांग्रेस दलका नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुन लागेका हुन्।
उनलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार साँझ नै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीको ७ जना सांसद छन्।
नेकपा एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्।