जनकपुरधाम – ‘कुमारी आमा’ भन्दै चर्चामा आएकी निहारिका राजपूत  र शिवराज श्रेष्ठले विवाह गरेका छन्।

बलात्कारको आरोप लगाउँदै शिवराजविरुद्ध अदालतमा उजुरीसमेत गरेकी निहारिकाले उनै शिवराजसँग जनकपुरकाे जानकी मन्दिरमा गएर विवाह गरेकी हुन्।

यही माघ १७ गते जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएपछि उनीहरू विवाह बन्धनमा बाँधिएका हुन्।

निहारिकाले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशनसमेत बसेकी थिइन्।

माघ २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्