नेपालगञ्जमा दुई दिने ‘साइन्स फेस्टिभल’ सुरु

नेपालगञ्ज – नेपालगञ्जमा दुई दिने ‘हिमालयन साइन्स फेस्टिभल’ सुरु भएको छ।

हिमालयन साइन्स फाउण्डेसनले नेपालगञ्ज रंगशालामा आयोजना गरेको साइन्स फेस्टिभलको सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरिन्। सो अवसरमा मन्त्री शर्माले प्रविधि ऐन बनाउन जरुरी रहेको बताइन्।

उनले देशको विकास र समृद्धि प्रविधिको विकासबाट सम्भव भएका बताउँदै प्रविधिमा उल्लेख्य भूमिका खेल्नेलाई राज्यले पुरस्कृत गर्नुपर्ने बताइन्।

सञ्चारमन्त्री रेखा शर्मा।

दुई दिने फेस्टिभलमा बाँकेका ३० भन्दा बढी स्कुल सहभागी छन्। विद्यार्थीले आफूले बनाएको उपकरणहरु फेस्टिभलमा प्रदर्शन गरेका छन्।

उद्घाटन समारोहमा हिमालयन साइन्स फाउण्डेसनका अध्यक्ष आतंक बस्नेत, प्याब्सन बाँकेका अध्यक्ष यमबहादुर रावत, प्याब्सन नेपालगञ्जका अध्यक्ष विकास बज्राचार्यलगायतले यसप्रकारको प्रदर्शनीले विद्यार्थीको अतिरिक्त विकास हुने बताए।

फाल्गुन २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्