अन्डर एसएलसी २, पिएचडी गरेका १ जना

गण्डकीका सांसदको पढाइ कति ?

पोखरा – लोकसेवा परीक्षामा जस्तो राजनीतिमा शैक्षिक योग्यता अनिवार्य हुुँदैन। बाध्यकारी नभए पनि शैक्षिक योग्यताको खोजी कहीँ न कहीँ त हुुन्छ नै!

जनपरीक्षा अर्थात् निर्वाचनमा पहिलो (निर्वाचित) भएका जनप्रतिनिधिले कति पढे होलान् ? ऐन, काननुु, नीति नियम बनाउने थलोमा पुुगेका सांसद साक्षर छन् कि निरक्षर ? आमजनचासोको विषय हुुन्छ।

हुुन त जनप्रतिनिधि बन्नलाई शैक्षिक योग्यताको मापदण्ड कहीँ–कतै तोकिएको छैन। पढाइकै कारण संसदमा पाइला राख्न नपाइने संवैधानिक व्यवस्था पनि छैन। तर, निर्वाचनमा प्रतिस्पर्धीले भन्दा बढी जनमत ल्याउनैपर्ने अनिवार्यता भने छ। निर्वाचनमा जनताले पहिलो हुुने गरी मत दिए मात्र संसद छिर्नलाई पर्याप्त हुुन्छ।

शैक्षिक योग्यताकै कुुरा गर्ने हो भने मुुलुुकमा संघीयता कार्यन्वयनपछि दोस्रो पटक गत मंसिरमा भएको निर्वाचनबाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्नलाई जनताले पठाएका ६० मध्य २ जना सांसद अन्डर एसएलसी छन्।

प्रदेश सभा सचिवालयले उपलब्ध गराएको विवरणअनुुसार मनाङबाट सर्वसम्मत निर्वाचित भएका राजीव गुुरुङ (दीपक मनाङे) र नवलपुुरबाट निर्वाचित भएका महेन्द्रध्वज जिसी अन्डर एसएलसी हुुन्। यी दुुवै प्रत्यक्ष निर्वाचित भएका सांसद हुुन्।
मनाङे स्वतन्त्र निर्वाचित भई नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका सांसद हुुन् भने जिसी कांग्रेसबाट निर्वाचित हुुन्। मनाङे यसअगाडि गण्डकी प्रदेशको युवा तथा खेलकुुदमन्त्रीसमेत भइसकेका छन्। ०७४ सालमा भएको निर्वाचनमा ७ जना अन्डर एसएलसी सांसदलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएर जनताले पठाएका थिए।

प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधिबमोजिम प्रदेशसभा सदस्यले भरेको व्यक्तिगत विवरण फारामको आधारमा गण्डकीमा पढेलेखेका धेरै छन्। १ जना सांसदले त विद्यावारिधि अर्थात् पिएचडी नै गरेका छन्।

प्रदेश सभा सचिवालयका सूूचना अधिकारी प्रेम सुुवेदीका अनुुसार लमजुुङबाट निर्वाचित भएका नेपाली कांग्रेसका डा. टकराज गुुरुङ पिएचडीधारी सांसद हुुन्। गुुरुङले पर्यटन अर्थशास्त्र विषयमा पिएचडी गरेको उल्लेख गरेका छन्।

एसएलसी र प्रविणता तह (१०+२) र स्नातक पास गरेका १६÷१६ जना सांसद प्रदेश सभामा निर्वाचित भएका छन्। एसएलसी उत्तीर्ण सांसदमा कांग्रेस र माओवादीका ५÷५ जना, एमालेका ४ र राप्रपाका २ जना सांसद छन् । प्रविणता तह उत्तीर्ण गर्नेमा कांग्रेसका ९, एमालेका ५ र माओवादी केन्द्रका २ जना सांसद छन्।

स्नातक गरेका १६ जना सांसद छन्। कांग्रेसका ९ र एमालेका ७ जना जना स्नातक पास भएका हुुन्।
९ जना स्नातकोत्तर गरेका छन्। एमालेका ६, कांग्रेसका २ र माओवादी केन्द्रका १ जनाले स्नातकोत्तर गरेका हुुन्।
स्नातकोत्तर गर्नेमा मुख्यमन्त्री खगराज अधिकारीसँगै उनको क्याबिनेटमा एमालेबाटै मन्त्री बनेकी सीताकुमारी सुन्दास पनि पर्छिन्। एमालेकै सुधीरकुमार पौडेल, लिलबहादुर थापामगर, गोविन्दबहादुर नेपाली, देवका पहारी त्रिपाठी पनि स्नातकोत्तर हासिल गरेका छन्। कांग्रेसका डिल्लीराम सुवेदी, जितबहादुर शेरचनले पनि स्नातकोत्तर हासिल गरेका छन्। फणीन्द्र देवकोट माओवादीबाट स्नातकोत्तर गर्ने एक्ला सांसद हुुन्।

प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित भइ नेकपा एकीकृत समाजवादी प्रवेश गरेका १ सांसद निर्वाचित भएका छन्। २०७४ निर्वाचनबाट प्रदेश सभामा निर्वाचित भएका ८ जना सांसद स्नातकोत्तर गरेका थिए। २१ जना स्नातक उत्तीर्ण, १७ जना प्रविणता तह र ७ जना एसएलसी उत्तीर्ण भएका थिए। अन्डर एसएलसी ७ जना सांसद त्यतिबेला निर्वाचित भएर प्रदेश सभामा प्रतिनिधित्व गरेका थिए।

सांसदले पढ्नैपर्ने बाध्यकारी नभए पनि आवश्यक रहेको राजनीतिक विश्लेषक कपिलमणि दाहाल बताउँछन्। पढेलेखेका सांसद र अनपढ सांसदको प्रस्तुुतीकरणमा धेरै फरक हुुने उनको भनाइ छ।

‘विधायकहरू कानुुन बनाउने कुुरामा सम्बन्धित हुुन्छन्। ठ्याक्कै लोकसेवा लडेजस्तो पढाइ अपरिहार्य त हुुँदैन। संविधान कानुुनले पनि सांसद हुुन योग्यता तोकेको त छैन। तर, जति धेरै उसले पढेको छ उत्ति नै उसले पर्फोमेन्स देखाउन सक्छ’, उनले भने।
अब सांसदहरू विषयगत रुपमा पनि विज्ञ हुुन आवश्यक रहेको पृथ्वीनारायण क्याम्पस पोखराका उपप्रध्यापकसमेत रहेका दाहाल बताउँछन्। राजनीतिप्रतिको विश्वास बढाउन पनि पढेलेखेका सांसद चाहिने उनको सुुझाव छ।

फाल्गुन ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्