मधेस प्रदेश: याेजनाहरूको छानबिन गर्न विशेष समिति गठन

मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादव।

जनकपुरधाम- मधेस प्रदेशको प्रदेशसभा बैठकले सरकारले सञ्चालन गरेको आर्थिक वर्ष २०७८।०७९को योजनाको भुत्तानीमा देखिएका समस्यालगायत योजनाहरूको छानविन गर्न विशेष समिति गठन गरेको छ।

समिति उपसभामुख बबिता कुमारी राउत इशरको सभापतित्वमा गठन भएको हाे।

समितिमा कनिष पटेल, रत्नेश्वर गोइत यादव, श्यामप्रसाद पटेल, सुनिलकुमार यादव, बच्चा राउत अहिर, राजकुमार गुप्ता, मो. समीर, हरिनारायण महतो, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जयनुल राइन, रानी कुमारी तिवारी, उर्मिलादेवी सिंह, कञ्चन बिक्षा, विमला अन्सारी, अनिरुध कुमार सिंह र प्रमोद कुमार जैसवाल रहेका छन्।

प्रदेशसभाको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम विशेष समिति गठनको प्रस्ताव गरेका थिए। सो प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हाे।

समितिलाई कार्य प्रारम्भ गरेको ३० दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ।

फाल्गुन ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्