सूर्यज्योति लाइफ इन्स्युरेन्सले स्वास्थ्य जनचेतना जगाउन मोटर र्‍याली आयोजना गर्दै

काठमाडौँ – पर्यटन प्रवद्र्वनका लागि सूर्यज्योति लाइफ इन्स्युरेन्सले यही फागुन ८ गतेदेखि ‘१० औं सूर्यज्योति अमेजिङ मोटर र्‍याली २०२३’ को आयोजना गर्ने भएको छ। र्‍यालीका क्रममा चितवन, पोखरालगायत सहरमा हेल्थ क्याम्प राख्नेछ।

केजिएच फाउण्डेशन, रोटरी क्लब अफ बाग्मतीको पनि आयोजना रहेको यस र्‍यालीमा काठमाडौं, चितवन र पोखरासम्मको ३ सय ५० किमि यात्रा गर्नेछ।

नेपाल टुरिजम बोर्डको प्रवद्र्वन गर्ने गरी भएको पत्रकार भेटघाट कार्यक्रममा सूर्यज्योति लाइफ इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा संयोजक दिवाकर राजकर्णिकारले भने, ‘मोटर र्‍यालीले आँखाको र पाठेघरको मुखको क्यान्सर रोगबारे जनचेतना अभिबृद्धि गर्न र निदान गर्न सहयोग गर्नेछ।’

टाइटल स्पोन्सरसमेत रहेको सूर्यज्योति लाइफ इन्स्युरेन्सले ले बालबालिकामा हुने रोगको निदान गर्न पनि जनचेतना पनि गर्नेछ। स्कुलहरूमा हुने टेवलटेनिस खेलका लागि स्कुलसँग समन्वय गर्ने र शुद्ध खानेपानीको प्रशोद्धनको बारेमा बालबालिकालाई सचेतना कार्यक्रमको पनि आयोजना गर्नेछ।

नेपाल टुरिजम बोर्डको ‘देश दर्शन’ भन्ने नारालाई पनि प्रचारप्रसार गर्न सघाउने बताउँछन् संयोजक राजकर्णिकार।

फाल्गुन ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्