जनकपुरधाममा फागुन १६ देखि अन्तर कलेज क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम – जनकपुरधाममा फागुन १६ गतेदेखि अन्तर कलेजस्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको छ। जनकपुर एकेडेमीको आयोजनामा रंगभूमि मैदान (बाह्रविघा) मा प्रतियोगिता हुन लागेको हो।

बुधबार नेपाल पत्रकार महासंघ धनुषाको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको संयोजक प्रसान्त कर्णले खेल र खेलाडीको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको जानकारी दिए।

प्रतियोगितामा करिव १६ वटा कलेजको टिम सहभागि हुने अपेक्षा गरिएको राष्ट्रिय टिमका खेलाडी तथा हरिशंकर साहले बताए । प्रतियोगिता डिउज बलले नकट आउट प्रणालीमा हुनेछन्। प्रतियोगितामा प्रतिभावान देखिएको खेलाडी छनौट गरी नियमित क्रिकेट अभ्यास गराउने आयोजक संस्थाको तयारी छ ।
केही साताअघि जनकपुरधाममा अन्तरस्कुल अन्डर १६ क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ।

फाल्गुन १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्