जनकपुरधाममा नेपाल भारतका सुरक्षाकर्मीको संयुक्त बैठक सम्पन्न

जनकपुरधाम – जनकपुरधाममा दुई देशबीचको सुरक्षाकर्मीको संयुक्त बैठक सम्पन्न भएको छ। नेपाल र भारतको सुरक्षाकर्मीको संयुक्त बैठकले सीमा सुरक्षा व्यवस्थामा कडा गर्दै अपराधका सूचनाहरु एक आपसमा आदान प्रदान गर्ने सहितको निर्णय गरेको हो।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले नेपाल भारतको सीमा क्षेत्रमा रहेको सीमा स्तम्भलाई अनुगन गरेर मर्मत सम्भार गर्नुपर्ने आवश्यक देखिएको खण्डमा मर्मत सम्भार गर्ने, लागुऔषधसहित आपराधिक क्रियाकलापलाई कडाइसाथ नियन्त्रण गर्ने निर्णय भएको जानकारी दिए।

बैठकमा नेपालको तर्फबाट धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेतृत्व गरेका थिए भने भारततर्फबाट मधुवनी जिल्लाका डिएम अरविन्दकुमार वर्माले गरेका थिए।

 बैठकमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसनधान विभागका प्रमुखको उपस्थिति थियो । त्यसैगरी, भारतबाट मधुवनी जिल्लाका डिएमसहित सुरक्षाकर्मीको उपस्थिति थियो।

फाल्गुन १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्