अनेसास मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन

अन्तर्राष्ट्रिय साहित्य समाज(अनेसास) अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन भएकी छन्।

समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन गरिएको छ। यसैगरी सदस्यहरुमा मोज शाही, भावना विष्ट र भीम विक्रम शाहीसहितको कार्यसमिति गठन भएको छ।

समितिको पहिलो बैठकले डा.श्याम कार्की, डा हयारी भण्डारी, गौतम दाहाल, डा.उत्तम गौली, अर्जुन हमाल, र पारस श्रेष्ठलाई सल्लाहकार समितिमा चयन गरेको छ।

अध्यक्ष चन्दले प्रवासी भूमिमा नेपाली भाषीको कला, संस्कृतिको जगेर्ना गर्दै भावी पिँढीका लागि नेपाली भाषाको अध्ययन, अध्यापनमा सहयोग पुग्ने कार्यक्रम आयोजना गर्ने बताएकी छन्।

यसैबीच अनेसासको पाँचौँ अन्तर्राष्ट्रिय च्याप्टर तथा महिला सम्मेलन आगामी मार्च १० देखि १२ तारिखसम्म अमेरिकाको वोष्टनमा हुँदैछ। उक्त कार्यक्रमको तयारी पूरा भएको जानकारी अनेसासका अध्यक्ष गोवद्धन पूजाले दिनु भएको छ।

फाल्गुन २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्