फोटो फिचर
काठमाडौँ- आध्यात्मिक गुरु सद्गुरु जग्गी बसुदेव बिहीबार बेलुकी काठमाडौँको टुँडिखेलमा झुल्किएका छन्।
काठमाडौँमा आयोजित लिंग भैरवी उत्सवका लागि सद्गुरु यहाँ आइपुगेका हुन्।
बिहीबार ठूलो संख्यामा उपस्थित दर्शकहरुमाझ सद्गुरुले लिंग भैरवीको प्राणप्रतिष्ठा गरेका हुन्।
लिंग भैरवी दिव्य स्त्रित्वको सबैभन्दा उग्र अभिव्यक्तिका रुपमा लिइन्छ।
यस अवसरमा भक्तजनहरुले सद्गुरुसँग सत्संग पनि गरेका थिए।
देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका तस्बिरहरु: