सहिद स्मारक ए डिभिजन लिगः एपिएफ र जावलाखेलको बराबरी, संकटाद्वारा पुलिस पराजित

काठमाडाैँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार भएका खेलमा जावलाखेल र विभागिय टिम एपिएफले गोलरहित बराबरी खेल्दै अङ्क बाँडैका छन। त्यस्तै अर्को खेलमा संकटाले नेपाल पुलिसलाई ३–० पराजित गर्दै तीन अङंक हासिल गर्‍याे।

लगातार तेस्रो जितको खोजिमा रहेको जावलाखेलले एपिएफ अन्तिम समयमा १० खेलाडीमा सिमित भएको अवसर सदुपयोग गर्न असफल भएको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन्।

खेलको पाँचौं मिनेटमा एपीएफले राम्रो अवसर सिर्जना गरेको थियो। सनिश श्रेष्ठको फ्रिकिकमा प्रदीप लामाको हेडर जावलाखेलका गोलरक्षले क्लियर गरेका थिए। त्यसपछि पनि एपिएफले केही दबाब दिएपनि गोल गर्न सकेन। खेलको ३२ औं मिनेटमा एपीएफका हरि कार्की खाली पोस्टमा गोल गर्न चुक्दा सम्भावित अग्रताबाट एपिएफ चुकेको थियो।

दोस्रो हाफमा पनि एपिएफले दबाब बनाएको थियो। तर खेलको ६९ औं मिनेटमा डिफेन्डर एडमा डम्बियाले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा समेटियो। एडमाले जावलाखेलका हिसुब थपलियालाई लडाएपछि पहिलो कार्ड प्राप्त गरे। तर, पहेलो कार्डपछि रेफ्रीसँग अभद्र व्यवहार गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड देखाउदै उनलाई मैदान बाहिर पठाए।

पुलिस लगातार तेस्रो हार

त्यस्तै शनिबारनै भएको अर्को खेलमा संकटा क्लबले पहिलो जित निकाल्दा नेपाल पुलिस क्लबले प्रतियोगितामा लगातार तेस्रो हार भोग्यो। च्यासल मैदानमा भएको खेलमा पुलिस क्लबमाथि ३(० को सहज जित निकालेको थियो।

संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले समान एक(एक गोल गरे। जितसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ। पुलिस भने लिगमा अङ्कबिहीन रहेको छ।

फाल्गुन २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्