बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ – चार बर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दाङ प्रहरीले ३४ बर्षीय बिराज लम्साललाई पक्राउ गरेको छ।

बंगलाचुली गाउँपालिका –८ मा मजदुरी गर्न पुगेका घोराही उपमहानगरपालिका–१८ निवासी ३४ बर्षिय व्यक्तिले ललाइ फकाइ गरेर चार बर्षीया बालिकालाई जबरजस्ती गरणी गरेको उजुरी प्रहरीमा परेपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो।

बालिकालाई बेहोस अवस्थामा फेला पारिएको थियो। ओठ र संवेदनशील अंग सुन्निएको अवस्थामा बालिका भेटिएकी थिइन् । प्रहरीले जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेर कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपि वीरबहादुर वलीले जानकारी दिए ।

फाल्गुन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्