चार वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ

दाङ – चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

बंगलाचुली गाउँपालिका–८ मा मजदुरी गर्न पुगेका घोराही उपमहानगरपालिका–१८ निवासी ३४ वर्षीय विराज लम्साललाई प्रहरीले पक्राउ गरेको हो।

उनले ललाइफकाइ चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बालिकालाई बेहोस अवस्थामा फेला पारिएको थियो। ओठ र संवेदनशील अंग सुन्निएको अवस्थामा बालिका भेटिएकी थिइन्।

प्रहरीले जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेर कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए।

फाल्गुन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्