ठेक्का नलगाउँदा राप्तीमा नदीजन्य पदार्थकाे चाेरी बढ्दो, दुई ट्याक्टर नियन्त्रणमा

तस्बिर: दशरथ घिमिरे/देश सञ्चार

दाङ – राप्ती नदीमा नदीजन्य पदार्थकाे चाेरी निकासी बढेकाे छ। स्थानीय सरकारले ठेक्का नलगाउँदा अवैध रूपमा नदीजन्य पदार्थकाे उत्खनन र चाेरी निकासी बढेकाे हाे।

समुदायका नागरिकले नदी तथा खाेलामा हुने अवैध उत्खननकाे निगरानी गरेका छन्। लमही नगरपालिका- ६ बलरामपुर घाटबाट अवैध उत्खनन गरेर निकासी गर्न थालिएको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय लमहीकाे जिम्मा लगाइएको छ।

रा १ त २४६६ र रा १ त ४०९२ नम्बरकाे ट्याक्टर नियन्त्रणमा लिइएको बलरामपुर टाेल विकास संस्थाका सचिव सूर्यप्रसाद चाैधरीले जानकारी दिए। ‘यहाँ अवैध उत्खनन बढ्दाे छ। हामीले निगरानी बढाएका छाैँ’ सचिव चाैधरीले भने,’न ठेक्का लागेकाे छ। न कुनै अनुमती छ। जथाभावी काम भइरहेकाे छ।’

स्थानीय सरकारले ठेक्का लगाउन ढिलाइ गरेकाले पनि नदि र खाेलामा चाेरी बढेकाे छ। जिल्ला अनुगमन समितिक संयाेजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले अवैध उत्खननकाे सूचना प्रहरी सम्म पुर्‍याउन अनुराेध गरे। ‘अवैधकाम राेक्ने हाे। यसमा समुदायकाे साथ चाहियाे’ उनले भने,’खबरदारी र निगरानी दुवै चाहिएकाे छ।’

फाल्गुन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्