
काठमाडाैँ– आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले बुधबार पत्रकार सम्मेलन सार्वजनिक गरेको हो।
काठमाडौँ अनामनगरस्थित अनेरास्ववियुको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच अनेरास्ववियुले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो।
स्ववियु निर्वाचनका लागि दलहरु निकट विद्यार्थी संगठनहरु चुनावी मैदानमा छन्।