यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

सांकेतिक तस्बिर।
काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकले आज चैत २ गतेका दिनका लागि सार्वजनिक गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८६ पैसा र बिक्री दर १३२ रुपैयाँ ४६ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ ०६ पैसा र बिक्री दर १४० रुपैयाँ ७० पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५९रुपैयाँ १६ पैसा र बिक्री दर १५९ रुपैयाँ ८८पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
हेर्नूहोस् कुन देशको मुद्रा दर कति?