
सांकेतिक तस्बिर।
काठमाडौँ – नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको भाउ तोलामा एक हजार रुपौयाँले बढेको छ।
केहीदिन यता निरन्तर रुपमा बढेको सुनको भाउले आजपनि निरन्तरता पाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो।
बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ १३ सय रुपैयाँ कायम रहेको थियो।