स्ववियुु सभापति भण्डारीलगायतले लिए शपथ

सिमकोट – फागुुन ३० गते निर्विरोध निर्वाचित घोषणा भएका मानसरोवर बहुुमुखी क्याम्पसका स्ववियुु सभापति नरेन्द्र भण्डारीलगायतले पद तथा गोपनीयताको शपथ लिएका छन्। क्याम्पसले एक कार्यक्रम आयोजना गरी पदाधिकारीलाई शपथ खुवाएको हो।
क्याम्पस प्रमुख दीपक भण्डारी स्ववियुु निर्वाचनका लागि निर्विरोध निर्वाचित भएका अध्यक्षलगायत तीन जना पदाधिकारीलाई बिहीबार पद तथा गोपनीयताको शपथ खुवाएको जानकारी दिए।
शपथ लिनेमा अध्यक्ष भण्डारी, सचिव शिवराज फडेरा र कोषाध्यक्ष धनबहादुुर भण्डारी छन्। तीन जना स्ववियुु पदाधिकारीलाई निर्वाचन संयोजक दखल रोकायाले शपथ खवाएका थिए।
मानसरोवर बहुुमुखी क्याम्पसको स्ववियु १५ सदस्यीय छ। त्यसमा उपाध्यक्ष, सहायक सचिव र १० जना सदस्य उपस्थित हुन नसकेका कारण शपथ खुवाउन बाँकी नै छ। उनीहरूलाई शुक्रबार शपथ खुवाउने कार्यक्रम तय गरिएको छ।