नाटकीय बनेको अन्तिम खेलः युएईसँगको लुकामारीमा नेपालको भाग्य

काठमाडाैँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले युएईमाथि डर्कवर्थ लेविस पद्धति (डिएलए) अनुसार ९ रनको नाटकीय जितसहित विश्वकप छनोटमा स्थान बनाएको छ। जुन जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा कुल १० टिमबीच प्रतिस्पर्धा हुँदा शीर्ष २ मा रहने टिमले यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान पक्का गर्नेछन्।

विश्वकप लिग–२ को रोमाञ्चक यात्राको पछिल्लो १ महिनामा नेपालले सानदार लयलाई कायम राख्दै लिगको सुखद अन्त्य गर्दै जिम्बाब्वे यात्रा पक्का गरेको हो। लिग अंक तालिकामा युएईलाई हराएसँगै नेपालले नामिबियालाई १ अङ्कले पछि पार्दै तेस्रो स्थानमा उक्लियो। अर्थात् नेपालले ३६ खेलबाट १९ जितसहित ४० अङ्क बनायो। समान खेलबाट नामिबियाको ३९ अङ्क थियो।

नेपालका लागि जित्नै पर्ने अन्तिम खेल नाटकीय बन्यो। पहिलो इनिङमा मौसमको राम्रो साथ रहे पनि दोस्रो इनिङको मध्यभागबाट मौसम उतारचढावपूर्ण रह्यो। मौसमको उतारचढावमा युएई र नेपालको लुकामारी नै चल्यो।

टियू मैदान ३५ ओभरको खेलदेखि नै अँध्यारिन थालेको थियो। जसकारण जुनसुकै बेला खेल रोकिने जोखिम थियो। यदि खराव प्रकाश र वर्षा भए खेल रोक्ने अधिकार म्याच रेफ्रीलाई रहन्छ। त्यसैले रेफ्रीले खराव प्रकाश र वर्षाको अवरोध महसुस गरेमा खेल रोक्न सक्छन्। रेफ्रीले सोहीअनुसार ४४ ओभरमा खराव प्रकाशका कारण खेल स्थगन गर्ने निर्णय गरे जतिबेला नेपाल डिएल म्याथोडमा ९ रनले अगाडि थियो।

डीएलमा भाग्यमानी

युएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपाल ४१ औं ओभरसम्म डिएल म्याथोडमा युएईभन्दा १४ रनले नेपाल पछि रहेको थियो। त्यसअघिबाटै युएईका खेलाडी ढिला बलिङ गर्ने र इन्जर्ड भएर बलिङमा समय लगाउँदै टारिरहेका थिए। किनकी नेपाल डिएलएस म्याथोडमा युएई भन्दा पछि थियो। त्यस्तो अवस्थामा खेल रोकिएमा युएई विजयी हुने थियो।

अर्थात वर्षा वा खराव प्रकाशका कारण खेल स्थगित भएमा युएई विजयी हुने भएकाले उनीहरुले आफ्नो हर्कत बढाइरहेका थिए। तर संधै समय युएईको साथमा रहेनर ४२ औ ओभरमा गुल्सन झाले कप्तान मुहम्मद वासिमको बलमा ४१.३ ओभर देखी लगातार १ छक्का सहित ३ चौका प्रहार गरेपछि डिएल म्याथोड अनुसार खेल नेपालको पक्षमा ढल्कियो । अर्थात् ४२ औ ओभरमा नेपालको पक्षमा खेल ‘टेक्नीकल्ली’ पनि आएको थियो। त्यसपछि ४३ र ४४ ओभरका खेलहरु भए। दुबै ओभरमा नेपालले बाउन्ड्री प्रहार त गरेन ४३ औ ओभरमा ६ रन र ४४ औ ओभरमा ८ रन निकाल्न सक्यो। जसले नेपालको डिएल म्याथोडलाई धेरै पछि जान दिएन अन्तत ४४ औ ओभरमा खराव प्रकाशका कारण अम्पायरहरुले खेल रोक्ने निर्णय गरे। जतीबेला नेपाल ९ रनले अगाडि थियो।

अम्पायरको निर्णयमा युएईले असन्तुष्टि जनाएपनि निर्णय परिवर्तनको सम्भावना थिएन। यद्यपि उसले प्रोटेस्टको अधिकार रहने छ। यद्यपि १,२ ओभर खेल भएको खण्डमा नेपाल पुन पछि पर्ने सम्भावना भने थियो। जुन सम्भावना टार्न गुल्सन झाको त्यो १८ रनको इनिङ ‘टर्निङ प्वाइन्ट’ बन्यो। उनको यो ओभरलेनै उनी पहिलो पटक आफ्नो करिअरमा अर्धशतक बनाउन सफल भए।

नेपालको सुझबुझपूर्ण ब्याटिङ

युएईले पहिले ब्याटिङ गर्दे नेपाललाई ३ सय ११ रनको कीर्तिमानी लक्ष्य दिएको थियो। जवाफमा नेपाल सुरुवातमानै लड्खडायो। ६ रनको अवस्थामानै २ विकेट गुमाएर सुरुवाती दबाबमा पुगेको नेपालले ३७ रन जोड्दा तेस्रो विकेट गुमायो। अर्थात नेपालले प्रारम्भिक अडरका आशा गरिएका खेलाडीहरु पेभिलियन फर्किएसँगै नेपालको अन्तिम जित निकाल्दै विश्वकप छनोट खेल्ने आशामा बादल छायो। तर त्यसपछि क्रिजमा आएका खेलाडीले संयमित इनिङ खेल्दै नेपाललाई अघि बढाए। जसकारण ४ खेलाडीले अर्धशतक प्रहार गरे। एकै इनिङमा नेपालका ४ खेलाडीले अर्धशतक बनाएको यो पहिलो पटक हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३५ बलमा ५० रनको विष्फोटक इनिङ खेले। त्यस्तै भिम सार्कीले ६७ रन बनाउँदा आरिफ शेख ५२ रनमा आउट भए। दबाबमा क्रिजमा आएका युवा खेलाडी गुल्सन झाले समालिएर खेल्दै ५० रन बनाएर अर्धशतक त बनाएनै नेपाललाई विश्वकप छनोटमा पुर्याउने श्रेय पनि आफ्नो कांधमा लिए। युएइका लागि जुनादिन सिद्दीकीले ३ विकेट लिंदा आयान अफ्जाल खानले २ तथा जाहुर खानले १ विकेट हात पारे।

आसिफ खानको विष्फोटक शतक छायामा

विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालसँग युएई ९ रनले पराजित भएसँगै युएईका लागि कीर्तिमानी शतक बनाएका आसिफ सेखको शतक भने छायामा पर्‍याे। युएईका लागि आसिफ शेखको विष्फोटक शतकीय इनिङ खेल्दा उसका अन्य दुई खेलाडीको अर्धशतक बनाएका थिए। जसका कारण युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको हो।

युएइको विशाल स्कोरमा आसिफ खानले कीर्तिमानी ब्याटिङ गरे उनले ४१ बलमानै शतक प्रहार गर्दै कुल १०१ रन बनाएर अविजित रहे। एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक चाँडो शतक प्रहार गर्ने चौथो खेलाडी बने। उनको सानदार शतकमा युएईले नेपालसामु ३ सय ११ रनको उच्च लक्ष्य दिन युएई सफल भयो।

हजारौं दर्शकमाझ टियू मैदान कीर्तिपुरमा भएको खेलमा युएका लागि भृत्या अर्विन्दले ९४ रन बनाए। अर्विन्द र सातौं नम्बरमा ब्याटिङका लागि आएका आसिफ खानले छैटौं विकेटका लागि १३५ रनको साझेदारी गरेका थिए।

त्यस्तै कप्तान मुहम्मद वासीमले ४९ बलमा २ चौका र ६ छक्काको सहयोगमा ६३ रन बनाउँदा रोहन मुस्ताफाले २० रन बनाएका थिए। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ विकेट लिंदा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले समान १–१ विकेट लिएका थिए।

चैत २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्