चलचित्र निर्देशक प्रताप सुब्बाको निधन

काठमाडौँ – वरिष्ठ चलचित्र निर्देशक प्रताप सुब्बाको निधन भएको छ।

उनको ७८ वर्षको उमेरमा सिलीगुडीस्थित एक अस्पतालमा बिहीबार निधन भएको हो।

२०३५ सालमा चलचित्र ‘परालको आगो’ निर्देशन गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका सुब्बाले ‘बाँच्ने चाहनेहरु’, ‘मसाल’, ‘दिदी’, ‘भिष्म प्रतिज्ञा’ ‘कही अध्यारो कहीँ उज्यालो’लगायतका कैयौँ नेपाली चलचित्र निर्देशन गरेका थिए।

उनी नेपाली मूलका भारतीय निर्देशक हुन्। उनको निधनप्रति चलचित्रकर्मीहरुले दुःख व्यक्त गरेका छन्।

चैत २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्