कैलालीकाे त्रिनगर हेल्थ डेस्कमा आगलागी

धनगढी – कैलालीको त्रिनगर हेल्थ डेस्कमा आगलागी भएको छ।

शुक्रबार बिहान हेल्थ डेस्कमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार हेल्थ डेस्कको भण्डार कक्षमा बिजुलीको तार सर्ट भइ आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

घटनाबारे थप विवरण भने आउन बाँकी नै रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका, प्रमुख देवेन्द्र पालले बताए।

चैत ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्