छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीलाई बीकेभीएमको सम्मान

मोरङ – विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (बीकेभीएम)ले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान गरेको छ।

शुक्रबार विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र विद्यालयका प्रिन्सिपल रविन दाहालले विद्यार्थीलाई सम्मान गरेका हुन्।

कार्यक्रममा मेयर कोइरालाले महानगर शैक्षिक हब बन्दै गइरहेको अवस्थामा बीकेभीएमको पढाइ र विद्यार्थीको प्रयासले सबैलाई गौरवान्वित बनाउँदै लगेको बताए। मेयर कोइरालाले महानगर शैक्षिक हबका रुपमा स्थापित भइरहँदा निजी क्षेत्रका विद्यायलको पठनपाठन र शिक्षकको पढाउने शैलीले नयाँपन दिएको बताए।

विद्यार्थीलाई सम्मान गर्दै मेयर नागेश कोइराला।

प्रदेशकै पुरानो र प्रतिष्ठित विद्यालयका रुपमा रहेको बीकेभीएमले प्रत्येक वर्ष शैक्षिक क्षेत्रमा सुखद् योगदान दिने गरेको मेयर कोइरालाले बताए। बीकेभीएममा अध्ययनको वातावरण अन्यभन्दा पृथक रहेको बताएका मेयर कोइरालाले आउँदो दिनमा विद्यालयले अझ उत्कृष्ट विद्यार्थी र नतिजा ल्याउन सफल हुने विश्वास लिएको बताए।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल रविन दाहालले चिकित्सा क्षेत्रतर्फ एमबीबीएसमा ८, बीडीएसमा १ र इन्जिनियरिङतर्फ ६ जना विद्यार्थीलाई सम्मान गर्न पाउनु सुखद् क्षण भएको बताए। नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन हुने विद्यालयलाई २०७३ सालमा मुलुकभरमा उत्कृष्ट विद्यालयका रुपमा शिक्षा मन्त्रालयद्वारा पुरस्कृत भएको उनले बताए।

विद्यार्थीलाई अनुकूल हुने शैक्षिक वातावरणसँगै गुणस्तरीय शिक्षा प्रदानमा विद्यालय अग्रस्थानमा रहेको प्रिन्सिपल दाहालले बताए। विद्यार्थीलाई सम्मान गर्दै प्रिन्सिपल दाहालले अध्ययनरत विद्यार्थीलाई राम्रो नतिजाका लागि मेहनत गर्नुपर्नेमा जोड दिए।

गतवर्षबाट कक्षा ११ र १२ को सुरुआत गरेको विद्यालयको दोस्रो व्याज अन्तर्गत १५ जना विद्यार्थीले चिकित्सा क्षेत्रदेखि इन्जिनियरिङसम्म पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन्।

छात्रवृतिमा नाम निकाल्नेमा चिकित्सातर्फ एमबीबीएसमा परफेन यादव, आदित्य शर्मा, आयाम कट्टेल, रोहन पार्साइला, मनिष गुप्ता, प्रिजल थापा, रुपेन कामत र आयुष गौतम रहेका छन्। जसमा यादवले पहिलो नम्बरमा नाम निकालेका भने शर्मा दोस्रो, कट्टेल तेस्रो, पर्साइला चौथो, गुप्ता पाँचौं, थापा छैंठौँ, कामत सातौँ र गौतम आठौं स्थानमा रहेका छन्।

त्यसैगरि, बीडीएसतर्फ तोषल विक्रम शाह, इन्जिनियरिङमा उत्सव राज श्रेष्ठ, अभिनव कर्ण, युनेश पोखरेल, सार्थक पोख्रेल, पंकजकुमार मेहता, प्रचितकुमार भुजेल रहेका छन्।

गतवर्षबाट ११ र १२ कक्षा सुरु गरेको विद्यालयले पहिलो व्याचमा एमबीबीएसमा तीन जना र इन्जिनियरिङतर्फ ७ जनाले छात्रवृत्तिमा नाम निकालेको विद्यालयले जनाएको छ।

विद्यालयबाट २०६५ सालमा राकेश गिरी, २०६८ सालमा अरुण कालिकोटे एसएलसीमा बोर्डफर्स्ट नतिजा ल्याउन सफल भएका थिए। २०४० सालमा स्थापित विद्यालय ५ पटक एसएलसीमा पूर्वाञ्चलको उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भइसकेको छ।

चैत ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्