अन्तर्राष्ट्रिय फौजदारी अदालत‍द्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन। तस्बिरः एजेन्सी

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

आइसीसीले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको छ। यी अपराधहरूमा युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने पनि समावेश छ।

रुसले सन् २०२२ काे २४ फेब्रअरीबाट अपराध युक्रेनमा अपराध गरेकाे जनाइएकाे छ।

रुसले आक्रमणको क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ।

पक्राउ पूर्जीकाे प्रतिक्रिया दिँदै रुसी विदेश मन्त्रालयका प्रवक्ताले यसको कुनै महत्त्व नभएकाे बताएका छन्।

प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा भनेकी छन्, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले हाम्रो देशको लागि कानुनी दृष्टिकोणबाट कुनै अर्थ राख्दैन।’

चैत ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्