टाेकियो अदालतले दियो हिरासतमा परेका नेपालीको मृत्युमा क्षतिपूर्ति दिन आदेश

जापान सरकारले प्रहरी हिरासतमा परेका एक नेपालीको मृत्यु भएकाेमा झण्डै १० लाख येन क्षतिपूर्ति तिर्ने भएकाे छ।
टोकियो जिल्ला अदालतले शुक्रबार टोकियो महानगरपालिकालाई क्षतिपूर्ति तिर्न आदेश दिएकाे हाे।
सन् २०१७ मा अर्जुनबहादुर सिंहकाे मृत्यु राजधानीकाे सिन्जुकु वार्डमा रहेको प्रहरी चौकीमा भएकाे थियाे।
टोकियो जिल्ला अदालतले अर्जुनबहादुर सिंहलाई उचित उपचार उपलब्ध गराउन अधिकारीहरूको असफलता गैरकानुनी भएको र प्रहरी चौकीमा अनुपयुक्त तरिकाले रोक लगाउने यन्त्र लगाएका कारण भएको ठहर गरेको छ।
न्यायाधीश चिको फुकुडाले सिंहको शारीरिक अवस्थालाई मध्यनजर गरी अस्पताल पुर्याएको भए उनको मृत्यु नहुन सक्ने बताए।
३९ वर्षीय सिंहलाई गत मार्च १४, २०१७ मा हराएको सम्पत्ति चोरेको आशंकामा पक्राउ गरिएको थियो।
शोकसन्तप्त परिवारले महानगरपालिका र प्रदेश सरकारसँग ६१ करोड ८२ लाख येन क्षतिपूर्ति माग गरेको छ।
यता, महानगरीय प्रहरी विभागले प्रतिक्रिया दिनुअघि निर्णय पुनरावलोकन गर्ने बताएको छ।