खराब मौसमको कारण हुम्लामा उडान हुन सकेन

सिमकोट – दैनिक कम उडान भइरहेको बेला शनिवार हिमाली जिल्ला हुम्लामा कुनै पनि उडान हुन सकेको छैन। बिहानैबाट मौसममा आएको खराबीको कारण उडान नभएको हो।
समिट एयर हुम्लाका इन्चार्ज गोविन्द लामाले बिहानैबाट मौसम खराब भएको कारण उडान हुन नसकेको बताए। समिट एयरले बिहानैबाट उडान भर्ने तालिका रहेको भए पनि हुम्लामा मौसम बिग्रिएर पानी परिरहेका कारण उडान नभएको हो। हाल समिट एयरले मात्र हुम्ला मात्र नभएर कर्णालीका हिमाली जिल्लामा उडान भर्दै आएको छ।
शुक्रबार एउटा मात्र उडान भरेको समिट एयरले शनिवार भने कुनै उडान भर्न नसकेको हो। तारा र सीता एयर नेपालगञ्जबाट पोखरा र काठमाडौं फर्केपछि ती जहाजले उडान भर्न छाडेका छन्। यद्यपि, हप्ताको एक दिन भर्नुपर्ने सेडुुअल उडान भने भर्ने गरेका छन्।
मौसमका कारण उडान नभए पनि दुुवैतर्फका यात्रुु मर्कामा परेका छन्। दैनिक उपभोग्य सामान पनि ढुवानी हुन सकेन। उडान नभएपछि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी भएर आउने कुखुुराको मासुु नआएप्छि सिमकोटलगायत आसपासका क्षेत्रमा मासुुको समेत अभाव देखिएको छ।