बालुवाटारमा १० दलीय गठबन्धनको बैठक सुरु

काठमाडौँ – प्रधानमन्त्रीको विश्वासको मत र सरकार विस्तारबारे छलफल गर्न सत्तारुढ १० दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बैठकमा आगामी सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ प्रतिनिधिसभामा लिने विश्वासको मतबारे निर्णायक छलफल हुनेछ। साथै सरकार विस्तार र दलगत सहभागिताको सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ।

प्रचण्डले विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी गरेका छन्। सरकार विस्तारबारे केही दिनयता सत्तारुढ दलबीच छलफल हुँदै आएको छ।

चैत ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्