समृद्धि र शान्तिका लागि उल्टो पैदल यात्रामा रूपन थारु

काठमाडौँ – बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ का रुपन थारु मेची महाकालीको उल्टो पैदल यात्रा गरिरहेका छन्।
समृद्धि र शान्तिका लागि उल्टो पैदल यात्रा भन्ने नारासहित उनले उल्टो पैदल यात्रा गरिरहेका छन्।
उनी टाउकोमा लत्ताकपडाको पोको भोकेर यात्रामा निस्किएका हुन्। उनी पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म उल्टो पैदल यात्रामा निस्किएका हुन्।
रुपन थारुको उल्टो पैदल यात्रामा साथ श्रीमतीले दिइरहेकी छन्। आफूले पहिलो पटक शान्तिको कामना गर्दै पैदल यात्रामा निस्किएको रुपनले बताएका छन्।