जब अभिनेता राहुल गायक खड्ग गर्बुजाको गीतमा अभिनय गर्दै थिए

बालाजु नजिक धर्मस्थलीको आकाशमा बादल डम्म लागेको थियो, पानी पर्ने डरैडरका बावजुद अभिनय गर्दै थिए, लोक गायक खड्ग गर्बुजा पुनमगर। धर्मस्थलीको उकालो बाटो, ह्वीलचियरको साहरामा पुगेका गर्बुजा आफैले गाएको गीतमा अभिनय गर्न मोडल राहुल केसीसँग पुगेका थिए।

गण्डकी आसपासमा गाइने सालैजो भाकालाई नेपाली लोकसंगीतमा स्थापित गर्ने ‘जस’ पाएका गर्बुजाले ह्वीलचियरमै बसेर अभिनय गरिरहेका थिए। उनलाई गायनमा साथ दिएकी तारा श्रीषले पनि अभिनय गर्दै थिइन्।

‘चरी है बस्यो’ बोलको गीतमा आवाज दिएका खड्ग गर्जुवा र तारा श्रीषको स्वरलाई लिप सिङ दिइरहेका थिए अभिनेता राहुल केसी र चर्चित अभिनेत्री केकी अधिकारीले।

‘लाहुरेको मनको कुरा बोलेको छ यो कुरा, गण्डकी अञ्चलमा रहेका गुरुङ मगरहरू लाहुरे जाँदा गाइने गीत हो’, एल्बम ‘लाहुरे’मा रहेको सन्दर्भ जोड्दै भने उनले। गर्बुजालाई सालैजो, सोरठी, यानिमाया ठाडो भाखा, कौरा, झ्याउरे, ख्यालीजस्ता लोकगीतलाई पुनर्जिवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी लोकगायक हुन्।

गायक तथा संकलक गर्बुजाको पुराना गीतहरूलाई भिडियोमार्फत दर्शकमाझ ल्याउने खोजेको हुन्, राजु केसी र रक्षा बानिया केसीले।

कोरियोग्राफर सुनिल क्षेत्रीकोे निर्देशनमा डान्सको स्टेप दिइरहेका केकी र राहुल नाचेको हेरेर गायक गबर््जा मुस्कुराइरहेका थिए। गायक गर्बुजा र अभिनेता राहुलको गृह जिल्ला म्यादी हो ।

हाल अमेरिकालाई कर्मभूमि बनाउँदै आएको राहुलकाअनुसार गर्बुजाले गाएका पुराना गीतलाई पुर्नरेकर्ड तथा भिडियो बनाई गण्डकी क्षेत्रको लोकभाकालाई विश्वमा छरिएका नेपालीमा लैजाने बताउँछन्। नयाँ बर्षको अवसर पारेर गीत सार्वजनिक गर्ने लक्ष्य रहेको बताए निर्देशक निर्माता राजु केसीले।

चैत ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्