फाइल तस्बिर। तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडाैँ- हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका केही भूभागहरूमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागहरूका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्