यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

सांकेतिक तस्बिर।

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आज चैत ५ गतेका लागि अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ३९ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ १९ पैसा र बिक्री दर १४० रुपैयाँ ८२ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ९६ पैसा र बिक्री दर १६० रुपैयाँ ६९ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नूहोस् कुन देशको दर कति?

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्