मुल्तानमाथि रोमाञ्चक जित निकाल्दै लाहोरले जित्यो पिएसएलको उपाधि

पाकिस्तान सुपर लिग (पिएसएल)को उपाधि लाहोर कलन्दर्सले लगातार दोस्रो पटक जितेको छ। साविकका फाइनलिस्टको भिडन्तमा दोस्रो पटक पनि कलन्दर्सले मुल्तानलाई हराएको हो।
मुल्तानले १ रनको रोमाञ्चक जित निकाल्यो। गत संस्करणमा पनि मुल्तान फाइनलमा पराजित भएको थियो।
अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा खेललाई सुपर ओभरमा पुर्याउने प्रयासस्वरूप ३ रनको प्रयास गर्दा खुसदिल सा रनआउट भएपछि लाहोरले रोमाञ्चक जित निकाल्यो।
कलन्दर्सको जितमा कप्तान साहिन सा अफ्रिदीले सानदार अलराउन्डर प्रदर्शन गरे। उनले ५१ रन दिएर ४ विकेट लिँदा १५ बलमा ४४ रनको विष्फोटक इनिङसमेत खेलेका थिए।
टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा २०० रन बनाएको थियो। २०१ रनको बलियो लक्ष्य पछ्याएको मुल्तान २० ओभरमा ८ विकेट गुमाउँदै १ ९९ रन मात्र बनाउन सफल भयो।
मुल्तानका लागि राइली रोसोउले ३२ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए। ओपनर उस्मान खान १८, मोहम्मद रिजवान ३४, काइरन पोलार्ड १९, टिम डेविड २० र खुशदील शाह २५ रनमा आउट भए। लाहोरका कप्तान शाहिन शाह अफ्रिदीले ४ ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए। राशिद खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए। डेविड विजाले एक विकेट लिए।
त्यसअघि गद्दाफी स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो। लाहोरका अब्दुलाल्ह शफिकले ४० बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६५ रन बनाए।
ओपनर फखार जमान ३९ र मिर्जा बैग ३० रनमा आउट भए। कप्तान शाहिन अफ्रिदीले १५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनमा अविजित इनिङ खेलेका थिए।