स्ववियु निर्वाचन: दाङमा कडा सुरक्षा व्यवस्थाका साथ मतदान सुरु

तस्बिर: दशरथ घिमिरे/देशसञ्चार।

दाङ – त्रिभुवन विश्वविद्यालय अन्तर्गतका दाङका आंगिक क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ।

सातवटा सरकारी एवम् सामुदायिक कलेज रहेको दाङमा विवादका कारण ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुन लागेकाे हाे। बाँकी ४ क्याम्पसमा विवाद र तालाबन्दीका कारण चुनाव स्थगित गरिएको छ।

निर्वाचनका लागि आज बिहान ८ बजेदेखि साँझ ४ बजेसम्मका मतदानको समयअवधि तोकिएको छ।

दाङको देउखुरी बहुमुखी क्याम्पस, आदर्श ऐरावति बहुमुखी क्याम्पस, लालमटिया र गढवा बहुमुखी क्याम्पसमा चुनाव सुरु भएको हो।

तस्बिरहरू:

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्