एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा पौडेल चयन

पार्टीको सिन्धुपाल्चोक जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष माधवकुमार नेपाल।

सिन्धुपाल्चाेक- नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकको अध्यक्षपदमा नवराज पौडल चयन भएका छन्।

शनिबार सम्पन्न जिल्ला अधिवेशनले सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य रामभक्त दनुवारले जानकारी दिए।

उनका अनुसार जिल्ला उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामा, सचिवमा दीपक नेपाल, उपसचिवमा कुमारराज घतानी, नरेन्द्र खड्का र रवि भण्डारी रहेका छन्।

अधिवेशनको उद्घाटन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको हितलाई सर्वाेपरी राखेर पार्टीले जनताको जीवनस्तर माथि उकास्न काम गर्ने बताए।

अध्यक्ष नेपालले चीनसँग जोडिएको उत्तरी तातोपानी नाका, भोटेकोसी र मेलम्ची बाढीबाट प्रभावितका लागि राज्यले दिएको वचन पूरा गर्नुपर्ने बताए।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाल, केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता-कार्यकर्ताको उपस्थिति रहेको थियो।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्