प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने टुङ्गो लगाउन रास्वपाले डाक्यो संयुक्त बैठक

फाइल तस्बिर।

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने/नदिनेबारे‍ छलफल गरी टुङ्गो लगाउनका लागि पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्न लागेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

आज बिहान ११ बजे बसुन्धारामा बस्ने बैठकमा विश्वासको मतका साथै समयसामयिक विषयमा छलफल हुँदैछ।

गत पुस १० गते मुलुकको प्रधानमन्त्रीमा नियुक्त भइ ११ पद तथा गोपनीयताको शपथ लिएका दाहालले तत्कालीन सत्ता गठबन्धन भत्किएपछि भोलि सोमबार पुन: संसदमा विश्वासको मत लिने तयारी गरेका छन्।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्