प्रि-ओपन सेसन: सामान्य अंकले घट्यो नेप्से

सांकेतिक तस्बिर।

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०८ अंकले घटेको छ। यससँगै सूचक १९३३.२३ विन्दुमा आएको छ।

आज २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ९ कम्पनीको ४०२ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल १३ वटा कारोबार भएको हो। यो सेसनमा ४ कम्पनीको भाउ बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्