सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख १० हजार

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ कायम भएको हो।
यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि सुनको मूल्य माघ १९ गते अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो।
यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो।
आइतबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ १३ सय १० रुपैयाँ कायम रहेको थियो।
केही समय यता नेपाली सुनचाँदी बजारमा सुनको मूल्य लगातार बढिरहेको छ।