स्ववियु निर्वाचन: कैलालीका ९ र कञ्चनपुरका ६ क्याम्पसमा मतदान

धनगढी – कैलालीका ९ र कञ्चनपुरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचनकाे मतदान भइरहेकाे छ।
आज कैलालीका ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड, घोडाघोडी बहुमुखी क्याम्पस, लम्किचुहा बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस र रघुनाथ बहुमुखी क्याम्पसमा मतदान चलिरहेकाे हाे।
निर्वाचनका लागि मतदानको समय बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको छ। बिहान ८ बजे भने पनि १ घण्टा ढिलाे गरी ९ बजेबाट मतदान सुरु भएकाे थियाे।
यसैगरी, कञ्चनपुर जिल्लाका १६ क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले उम्मेदवारी दर्ता गराए पनि आज आधाभन्दा कमै क्याम्पसमा मात्रै चुनाव भइरहेकाे छ।
सुदूरपश्चिम विश्वविद्यालय सहितका १६ क्याम्पसमा विद्यार्थीले संगठन र उम्मेदवारी दर्ता गराएका छन्। एक क्याम्पसमा सहमतीय आधारमा स्ववियु पदाधिकारी टुङग्याइएको छ।
६ क्याम्पसमा चुनाव भइरहेकाे छ भने बाँकी क्याम्पसमा तालाबन्दीले चुनाव अनिश्चित बनेको छ।
यसैगरी, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, रामपुर बहुमुखी क्याम्पस कलकत्ता, महाकाली बहुमुखी क्याम्पस बेलौरी, जनता बहुमुखी क्याम्पस पूनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा मात्रै चुनाव भइरहेकाे छ।
सुदूरपश्चिम बिश्वबिद्दालय अन्तर्गतका क्याम्पसमा भने यही ८ गते निर्वाचन हुने कार्यक्रम रहेकाे छ।