हाइलाइफले ल्यायो उपहारै उपहार

काठमाडाैँ- व्यावसायिक उत्पादन सुरु गरेको छोटो समयमा उपभोक्तामाझ पहिलो रोजाइ बन्न सफल हाइलाइफले आफ्ना खुद्रा व्यापारीका लागि बम्पर उपहारअन्तर्गत हाइलाइफ लक्की ड्र योजना सार्वजनिक गरेको छ।

जसमा हाइलाइफको चिउरा बिक्री गर्ने होलसेल तथा खुद्रा व्यापारीरूले स्कुटर, बाइक र ल्यापटपदेखि हात खाली नहुने उपहारहरु जित्न सक्नेछन्।

हाइलाइफ ब्राण्डका विभिन्न साइजका चिउरा खरिद गर्दा प्रथम पुरस्कारस्वरूप २ जनालाई १५० सिसी क्षमता भएको पल्सर बाइक जित्न सक्नेछन्। दोस्रो उपहारस्वरूप २ जना भाग्यमानी विजेताले होण्डा ब्राण्डका २ वटा स्कुटर जित्न सक्नेछन्। यसैगरी,
तेस्रो उपहारस्वरूप २ जना भाग्यशाली विजेताले १ टन क्षमता भएको एलजी एसी जित्न सक्नेछन्।

साथै चौथो उपहारस्वरूप २ जना भाग्यशाली विजेताले २५३ भल्टको सामसङ ब्राण्डको फ्रिज र पाँचौँ उपहार स्वरूप ३ जना भाग्यशाली विजेताले लेनोभो ब्राण्डको ल्यापटप र सान्त्वना उपहारस्वरूप १० जना भाग्यशाली विजेताले अन्य थुप्रै हाइलाइफका सामानहरू प्राप्त गर्न सक्ने छन्।

यो योजना २०७९ फागनु १५ गतेदेखख २०८० असार १५ गतेसम्म लागू हुनेछ। योजनामा भाग लिनका लागि कुपन विवरण भरी उक्त कुपनको फोटो खिची तोकिएको अवधि भित्र हाइलाइफको आधिकारिक भाइवर वा ह्वाट्सएप नम्बर ९८०२३०२१८६ मा पठाउनुका साथै सक्कल कुपन सुरक्षित साथ राख्नु पर्ने छ।

लक्की ड्रको नतिजा २०८० साउन २० गते शुक्रबार हाइलाइफ फुड्सको आधिकारिक फेसबकु पेज @hilifefoodsnepal मा प्रत्यक्षरूपमा खोली विजेताको घोषणा गरिने छ।

हाइलाइफ ब्राण्ड अन्तरगत उत्पादित कन्फ्लेक्स, चिउरा,ओट्स, जाम, सोयाविन, बेसन, केचप, पास्ता, पापड लगायतका विभिन्न प्रोडक्टहरु उपभोक्तामाझ लोकप्रिय छन्।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्