स्ववियु निर्वाचनः शंकरदेव क्याम्पसबाट ८ जना ‘फर्जी विद्यार्थी’ पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा फर्जी मतदान गरेको आरोपमा शंकरदेव क्याम्पसबाट आठ जना पक्राउ परेका छन्।

स्ववियु निर्वाचनअन्तर्गत आइतबार भएको मतदानका क्रममा आठ फर्जी विद्यार्थीले भोट हालेको थाहा पाएपछि उनीलाई प्रहरीले पक्राउ गरेको हो।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले अध्ययन गरेको क्याम्पस शंकरदेवमा नेविसंघकै तीन जना बागी उम्मेदवार उठेका छन्। शंकरदेवमा नेविसंघबाट सुशील धामी, पारस बस्नेत र अरुण केसीले बागी उम्मेदवारी दिएका छन्।

उक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियूले गठबन्धन गरेर उम्मेदवार उठाएकोमा नेविसंघबाट तीन जना बागी उम्मेदवार उठेका हुन्।

नेविसंघ र अनेरास्ववियु (नेकपा एसनिकट)का तर्फबाट सुशान्त सिंह बस्नेत आधिकारिक उम्मेदवार हुन् भने धामी,बस्नेत र केसीले बागी उम्मेदवारी दिएका हुन्।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्