राष्ट्रपति पौडेलसमक्ष आयोगले बुझायो उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन

तस्बिर-राष्ट्रपति कार्यालय

काठमाडौँ – निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही चैत्र ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ।

राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन बुझ्दै राष्ट्रपतिले स्थानीय तहदेखि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताए। उनले सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवादसमेत व्यक्त गरे।

प्रमुख आयुक्त थपलियाले यो वर्ष आयोगको लागि निर्वाचन वर्ष भएको चर्चा गर्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराएका थिए।

त्यसक्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडी उपस्थित थिए।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्