रोलय इनफिल्डको शोरुम नक्सालमा

काठमाडौं – रोलय इनफिल्डले नेपालमा अन्तर्राष्ट्रिय स्तरको शोरुम सञ्चालनमा ल्याएको छ।

त्रिवेणी गु्रप अन्तर्गको अल्फा अटोमोबाइल्सले काठमाडौंको नक्साल नारायणचौरमा रोयल इनफिल्डको अन्तर्राष्ट्रिय स्तरको शोरुम संचालनमा ल्याएको हो।

शोरुम ‘बाइकर्स होमको’ अवधारणमा निर्माण गरिएको छ। दुईतला रहेको रोयल इनफिल्डको माथिल्लो तल्लामा मोटरसाइकल विक्री कक्ष रहेको छ भने तल वर्कशप रहको छ।

त्यस्तै, कम्पनीले उक्त शोरुममा रोयल इनफिल्डका मर्चेन्डाइज तथा राइडिङ सेफ्टी गियरहरु समेत उपलब्ध गराएको त्रिवेणी ग्रुपका अध्यक्ष पुरुशोत्तम लाल संघाइले बताए। कम्पनीले हाल क्लासिक ३५० र मेटीअर ३५० को बिक्री गर्दै आएको छ।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्