सभामुखले पत्रकारप्रति गरेको टिप्पणीबारे आत्मालोचना गर्नुपर्छः विश्वप्रकाश शर्मा

फाइल तस्बिर।

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरुको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको बताए।

सभामुखले पत्रकारहरुका विषयमा गरेको टिप्पणी समाजसामु गम्भीर ‘नोटिस’मा रहेको उनले बताए। उनले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रुपान्तरणका लागि आफै संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको उल्लेख गरे।

‘सभामुखले देशको चौथो अंगको सन्दर्भमा बोल्नुभन्दा अगाडि सोच्नु पनि हजार पटक पर्छ। उहाँले जे बोल्नुभएको छ, त्यो विषय गम्भीर नोटिसमा समाजको सामुन्ने छ। त्यसप्रति हामी सबैको विमत्ति छ। उहाँले आत्मआलोचना गर्नुपर्छ,’ उनले भने।3

शुक्रबार सभामुख घिमिरेलाई भेट्न पुगेको नेपाल पत्रकार महासंघका प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले पत्रकारहरु बिक्रीमा रहेका अभिव्यक्ति दिएका थिए।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्