स्ववियु निर्वाचनः जनकपुरधामको राराब क्याम्पसमा ३७ प्रतिशत मात्रै मतदान

जनकपुरधाम – त्रिभुवन विश्वविद्यालयको जनकपुरधामस्थित आंगिक क्याम्पस रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा करिब ३७ प्रतिशत मतदाताले मतदान गरेका छन्।
राराब क्याम्पसमा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा स्ववियु निर्वाचनमा २ हजार ६६२ जना विद्यार्थीले मतदान गरेको निर्वाचन समितिले जनाएको छ।
आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म भएको मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ।
राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका छन्।