धनुषाबाट लागुऔषधसहित दुई जना पक्राउ

जनकपुरधाम – धनुषामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको मिथिला नगरपालिका ८ जमुनिवास बस्ने ३५ वर्षीय मनोज कुमार महतो र २२ वर्षीय सुजित कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्र २–०२–००३ प ७८७७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा दुवै जनालाई मोटरसाइकलको बीचमा जुटको बोरामा राखेर ल्याएको लागुऔषध एक्सिप्लोन नामक १०० एमएलको ९८ बोतल र नाइट्रोजम्पा ७३० पिस बरामद भएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्