त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित

श्यामराज ओझा। तस्बिरः सामाजिक सञ्जाल।

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन्।

उनले ९३२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाए।

यस्तै, सचिवमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएका छन्।

केन्द्रीय क्याम्पसमा विद्युतीय मतदान भएको थियो।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्