भारतको एकदिवसीय इतिहासकै सर्मनाक हार

भारतले अस्ट्रेलिया विरुद्धको दोस्रो एकदिवसीय खेलमा १० विकेटको हार भोगेको छ। घरेलु मैदानमा भारतले २३४ बल बाँकी हुँदै अर्थात ११ ओभरमानै पराजय भोगेको हो। सर्बाधिक कम ओभरमानै भारतले एकदिवसीय इतिहासकै फराकिलो हार भोगेको हो।
यसअघि भारतले न्युजिल्यान्डसँग २१२ बल बाँकी हुँदा पराजय भोगेको थियो। २०१९ मा न्युजिल्यान्डसँग भोगेको यो हार सर्वाधिक बल बाँकी हुँदा भारत हारको कीर्तिमान बनेको थियो। जसलाई अस्ट्रेलियाले तोडेको हो। भारतीय टीमको यो अस्ट्रेलियासँग दोस्रो तथा समग्रमा छैटौं पटक १० विकेटको पराजय हो।
विशाखापट्नामा टस हारेर पहिले ब्याटिङ गरेको भारत २६ ओभरमानै अलआउट हुँदै ११७ रनमा समेटियो। जवाफमा उक्त लक्ष्य अस्ट्रेलियाले विना विकेटको क्षतिमा २ सय ३४ बल बाँकी हुँदा पुरा गर्यो। अस्ट्रेलियाको जितमा ट्राभिस हेड र मिचेल मार्सले अविजित साझेदारी गरे। हेड ३० बलमा ५१ रनको विष्फोटक इनिङ खेल्दा मार्सले ३६ बलमा ६६ रनको अर्धशतकीय इनिङ खेलेका थिए।
त्यसअघि भारतका लागि विराट कोहलीले ३१ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अक्षर पटेले २९ रनमा अविजित रहे। थप दोहोरो स्कोरका रुपमा रविन्द्र जडेजाले १६ रन बनाउँदा रोहित शर्माले १३ रन बनाएका थिए। भारतलाई सस्तैमा समेट्ने क्रममा मिचेल स्टार्कले ५ विकेट लिए भने सेन एबोटले ३ तथा नाथन एलिसले २ विकेट लिएका थिए।