बृहत् शिविरमार्फत पशुुवस्तुुलाई रोगविरुद्ध खोप

सिमकोट – सिमकोट गाउँपालिकाले सबै वडामा गरी १६ हजारभन्दा बढी पशुुवस्तुुमा लाग्ने विभिन्न रोगविरुद्ध उपचार गरेको छ। आठ वटै वडामा एक महिनासम्म सञ्चालन गरेको बृहत् खोप कार्यक्रमबाट यति धेरै पशुुवस्तुुलाई खोप लगाएको हो।
गाउँपालिका पशुुस्वास्थ्य शाखाका प्राविधिक विष्णुु बुुमीले एक महिनासम्म सञ्चालन भएको शिविरबाट पशुुवस्तुु, कुखुुरा र कुुकुुर गरी १६ हजार ७ सय ४० वटालाई खोप लगाएको जानकारी दिए।
यति धेरै परिणाममा पशुुवस्तुलाई खोप लगाएको पहिलो पटक हो। यसमा हिमाली क्षेत्र बढी देखिने भ्यागुुते चर्चरे रोगका लागि तीन हजार ८४५ वटा गाई गोरु, बाछाबाछी, झोपा र जुुमालाई खोप लगाईएको हो। त्यसैगरि आठ वटै वडामा पि.पि.आर खोप दश हजार ६०८ भेडाबाख्रा र पाठापाठी लगाईएको छ। त्यसैगरि रानी खेत रोगका लागि दुुई हजार २५२ कुखुुरालाई भ्याक्सिन आँखामा हाल्ने कार्य गरिएको छ।
त्यसैगरी, गाउँपालिकाभरिका ३५ वटा कुुकुुरलाई रेबिज विरुद्धको खोप लगाएकाको हो। चैत ५ गतेबाट सुुरु भएको बृहत शिविर सम्पन्न भएको भन्दै यसका लागि प्राविधिक टोली वडा र बस्तीस्तरमा पुुगेर एक महिनासम्म खटिएको थियो।
यसका लागि एक दिन पैदलसमेत प्राविधिक टोली हिँडेर जानुुपरेको थियो। उनले रोग लाग्ने समय भएको कारण गाउँपालिकाभरि रहेका सबै बस्ती र खर्कमा प्राविधिकको टोली पुुगेर खोप लगाउने कार्य पूरा भएको बताए।
बृृहत खोप कार्यक्रमबाट सबैभन्दा बढी पशुुवस्तुु, भेडाबाख्रा भएका वडा नम्बर ७ र ८ बढी लभान्वित भएका छन्। समयमै खोप लगाएका कारण यस वर्ष रोगबाट पशुुवस्तुु सुरक्षित राख्न सहयोग पुुग्ने विश्वास शाखाले गरेको छ।