बाजुराको बुढिनन्दा नगरपालिकामा कर्फ्यू

धनगढी – बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ र २ मा कर्फ्यू लगाइएको छ।

आइतबार दिउँसो बुढिनन्दा क्याम्पसमा स्ववियु निर्वाचनका क्रममा विद्यार्थी संगठनबीच झडप हुँदा स्थिति तनावग्रस्त भएको थियो।

झडपपछि त्यहाँ निर्वाचन स्थगित भएको छ। रातिको समयमा थप घटना हुनसक्ने भन्दै कर्फ्यू लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कबिन्द्रसिंह बोहराले बताए।

बुढिनन्दा नगरपालिका १ र २ मा आज राति ७ बजेदेखि भोलि बिहान ७ बजेसम्मका लागि कर्फ्यू लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बाजुराको बुढिनन्दा क्याम्पसमा आज दिउँसो दुई बिध्यार्थी संगठनबीच झडप हुँदा प्रहरीले २४ राउण्ड हवाई फायरसमेत गरेको थियो।

विद्यार्थीहरुबीच झडपले ठूलो रूप लिन खोज्दा नेपाल प्रहरीले अश्रु ग्यास र २४ राउन्ड हवाई फायर गरेर भीड नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको  । बुढिनन्दा क्याम्पसका ४ सय १२ जना मतदाता रहेका छन्।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्